Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज २०७७ कार्तिक १२ गते बुधवारको राशिफल

Company Register

आजको पञ्चाङ्ग

Advertisement

बि.सं. २०७७ कार्तिक १२। बुधवार। इ.सं. 28 October 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० कौलाथ्व । प्रमादीदक्षिणायनशरद ऋृतुआश्विन शुक्लपक्षतिथि द्वादशी , १३:४३ बजे उप्रान्त त्रयोदशी नक्षत्र पूर्वभाद्रपदा , ११:०७ बजे उप्रान्त उत्तरभाद्रपदा योग व्याघात , २८:१३ बजे उप्रान्त हर्षण करण वालव १३:४३ बजेदेखि कौलव , २६:३२ बजे उप्रान्त वणिज चन्द्रराशि मीन । आनन्दादी योग पद्म । दिनमान २७:५१ पला । सूर्योदय ०६:१३ बजे । सूर्यास्त बेलुका १७:२१

द्वादशी, आश्विन शुक्लपक्ष

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनावश्यक ठाउँमा धन खर्च होला । घर व्यवहारमा झमेला रहला । सामान हराउने वा नष्ट हुने योग छ । समय प्रतिकुल भई कुलतमा मन जानेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
प्रेममा बाधाका साथै व्यस्तता बढ्नेछ । सामान हराउन सक्नेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । घर परिवारमा झै–झमेलाको अवस्था आउला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक यात्राको योगछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । मान प्रतिष्ठामा बृद्धि होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ काम वा रोजगार पाईनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । धार्मिक तथा समाजसेवामा मनलाग्नेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज विद्या र बुद्धिको विकास हुनेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शत्रुहरू पराजित हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज जोश जाँगर र हिम्मत वढ्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । शिक्षामा सफलता मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । प्रेम सम्वन्ध कसिलो हुनेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । बन्दव्यापारबाट राम्रै आय हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । व्यवसायिक क्षेत्र लाभप्रद रहनेछ । पारिवारिक सहयोग प्राप्त हुनेछ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...