तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
तपाईको लागि आजको दिन त्यति भरपर्दो रहेको छैन । विभिन्न वहानामा शारीरिक तथा मनासिक परिश्रम गर्नुपर्ने देखिन्छ । विचार गर्नु होला ।

वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन गारो रहेको छ । पढाईलेखाई तिर त्यति मन जाने देखिदैन । नेतृत्वको भूमिका नगर्नु उचित रहेको छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
उत्साह बढ्न कठिन छ । पदाईलेखाई तिर ध्यान तेती नजाने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा अन्य प्रतिस्पर्धामा राम्रो स्थान रहने देखिन्छ । घनघोटी बन्चोरो गर्न सके फलिफाप हुने देखिन्छ । सोचेर आगाडी बढ्नु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
तपाईको आजको समयलाई राम्रो भन्न सकिन्न । सामाजिक सेवाको क्षेत्रमा संलग्न हुनु पर्ने देखिन्छ । शारीरिक तथा मानसिक चिन्ता बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
त्यति राम्रो समय छैन । नराम्रो समाचार सुन्दा मननै खलबलिने छ । शरीरमा केहि अल्छिपना जस्तो हुनेछ । सजकता अपनाउनु भए वेस हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
घरपरिवारबाट टाडा बस्नु पर्ने अवस्था आउनेछ । मनले चाहेको काम बन्ने देखिन्छ । कृषिजन्य कारोबारबाट सहयोग पुग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
उपहार र पुरस्कार जित्ने देखिन्छ । सामाजिक कार्य गर्ने रुची बढ्ने छ । तपाईंले गरेका कामहरु को प्रसंशा हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामाजिक काममा संलग्न हुनु पर्ने खालको समय रहेको देखिन्छ । खानपिन यवं भेटघाटले मन प्रसन्न रहने खालको दिन रहेको देखिन्छ । आर्थिक लाभ हुने खालको समय रहेको देखिन्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
खेलकुद तथा प्रतिषप्रधात्मक कुराको वृद्धि होला । गरेका काम सफल रहनेछन् , तर आज तपाईको धन भने धेरै खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
घरपरिवारबाट टाडा बस्नु पर्ने अवस्था आउने छ । तपाईको मनले चाहेको काम सजिलै पुरा हुनेछ । कृषिबाट आर्थिक पक्ष बलियो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

खानपिनमा ध्यान दिनु होला । पेटमा केहि पिडा हुने समय रहेको देखिन्छ । परिवारजनको राम्रो सहयोग पाउने योग रहेको देखिन्छ ।