Comments Add Comment

आज २०७६ मंसिर ३० गते सोमबारको राशिफल हेर्नुहोस्

आजको पञ्चाङ्ग

वि.सं. २०७६ मंसिर ३०। सोमबार। इ.स. २०१९ डिसेम्बर १६। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष। चतुर्थी, ६:५३ बजेदेखि पञ्चमी, २८:५७ उप्रान्त षष्ठी। नक्षत्र– अश्लेषा, २८:३७ बजेउप्रान्त मघा। योग– ऐन्द्र, ७:०७ बजेदेखि वैधृति, २८:१९ बजेउप्रान्त विष्कम्भ। करण– वालव, ६:५३ बजेदेखि कौलव, १७:५७ बजेपछि तैतिल, २८:५७ बजेउप्रान्त गर। आनन्दादिमा सौम्य योग। चन्द्रराशि– कर्कट, २८:३७ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ६:४९ बजे, सूर्यास्त– १७:०९ बजे र दिनमान २५ घडी १ पला। मार्गशीर्ष मसान्त।

राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । रतिरागपनि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेकोछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सेयरको कारोबामा फाईदापनि हुनसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रेममा मधुरता छाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

मनमा निरासा र शरीरमा आलस्य आउला । मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्धपनि कसिलो हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिनछ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । – ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर