ललितपुर महानगरको मेयरमा पुनः चिरिबाबु महर्जन निर्वाचित

अनलाइन पत्र संवाददाता२०७९-०२-११ No Comments

स्थानीय तहको निर्वाचन अन्तरगत ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जन पुनः निर्वाचित भएका छन् । ४२ हजार ७२२ मतसहित महर्जन निर्वाचित भएका हुन् । उनि नेपाली कांग्रेसबाट पुनः ललितपुरको मेयरमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धि एमालेका हरिकृष्ण ब्यञ्जनकारको भन्दा १८ हजार १६२ मत बढी ल्याएर महर्जनले जित हासिल गरेका हुन् । ब्यन्जनकारले २४ हजार ५६० मत मात्रै पाएका छन् । यसअघिको चुनावमा पनि हरिकृष्ण ब्यञ्जनकारलाई नै पराजित गर्दै चिरिबाबु मेयर बनेका थिए ।

Ad
Ad