मकवानपुरमा एकैदिन १ सय २४ जनामा डेगुं संक्रमण भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जिल्लामा एकैदिन १ सय २४ जनामा डेंगु देखिएको हो । पछिल्लो २४ घण्टामा डेगुं सङ्क्रमण हुने सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाका १ सय १४ जना रहेका छन् । त्यस्तै थाहा नगरपालिकाका ५, मनहरी गाउँपालिकाका ३, मकवानपुरगढी र भिमफेदी गाउँपालिकाका १–१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएका छन् । जिल्लामा हालसम्म १ हजार ३ सय ३१ जना डेगुंका बिरामी भेटिएको छन् । जिल्लामा हालसम्म डेगुंका कारण एक जनाको मृत्यु भएको छ ।