हेटौडा / सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गर्ने

नेपालको सुचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१औ वार्षिक उत्सवको अवसरमा देशभरि आफ्नो २१वटा
शाखामा रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएको छ । यहि आउदो पौस ३० गते शुक्रबार उत्सवको अवसरमा सुबिसु केबलनेट लिमिटेड हेटौडा शाखाले आफ्नै हेटौडा-४ शितल महल चोक स्थित कार्यालय भवन मा रक्तदान कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

समाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कम्पनीले यस कार्यक्रम सञ्चालन गर्न लागेको बताइएको छ ।
रेडक्रस सगँको सहकार्यमा गर्न लागिएको यस कार्यक्रममा १८ वर्ष भन्दा माथिका व्यक्ति जो रक्तदानको लागि सक्षम हुनुहुन्छ उहाँहरुले सहभागिता हुन सक्नेछन् उहाँहरुको सहभागिताप्रति कम्पनी सरहनीय रहनेछ ।

त्यस्तै कम्पनीले आउने दिनहरुमा थप विविध कार्यक्रमहरु गरि समाजिक उत्तरदायित्वलाई पूर्णरुप गराउन कम्पनी विश्वस्त रहेको जनाएको छ।