काठमाडौं – नेपालमा थप २९ सय ३३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उक्त संख्या थपिएको हो । योसँगै, हालसम्म नेपालमा कुल १ लाख ७६ हजार ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ३१ सय ५० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै हालसम्म १ लाख ३७ हजार ९९२ जना निको भइसकेका छन् । यता, पछिल्लो २४ घण्टामा २४ जना कोरोना संक्रमितको निधन भएको छ । हालसम्म निधन हुनेको संख्या ९८४ पुगेको छ ।