सरकारले कोरोना भाइरसको संक्रमण बढेसँगै सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ। कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्रको (सिसिएमसी) बैठकले आइतबार सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो । यसअघि सिसिएमसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।