Comments Add Comment

एसईई परीक्षाको नतिजा छिटो भन्दा छिटो प्रकाशन गर्न विद्यार्थी संगठनको माग

Ad
Advertisement

विभिन्न पाँच विद्यार्थी संगठनहरुले माध्यमिक शिक्षा परीक्षाको नतिजा यथाशीघ्र प्रकाशन गर्न माग गरेको छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेललाई मंगलबार पत्र बुझाउँदै विद्यार्थी संगठनहरुले विभिन्न दश बुँदे माग राखेका हुन् । संगठनले एसईई नजिता पारदर्शी, विश्वसनीय र मर्यादित बनाउन उपयुक्त विधि अबलम्बन गर्न पनि माग गरेका छन् । विद्यार्थीको नामथर, जन्म मिति आदिमा देखिने प्राविधिक त्रुटीका कारण विद्यार्थीहरुले नतिजामा वारम्बार समस्या झेल्नुपरेकाले यस्ता समस्या नहुने गरी बोर्डको सिस्टम अपडेट गर्नुपर्ने उनीहरुको माग रहेको छ ।

त्यस्तै ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीहरुले पूरा गर्नुपर्ने झन्झटिला प्रावधानलाई सरल र सहज बनाउनु पर्ने उनीहरुले माग राखेका छन् । कक्षा ११ र १२ को परीक्षाको हकमा विद्यार्थीहरु परीक्षा दिनबाट वञ्चित नुहुने गरी प्रवन्ध मिलाउन र भौतिक उपस्थितिमा गरिने परीक्षाको तालिका वा विकल्पबारे विद्यार्थीलाई समयमै जानकारी दिन पनि संगठनले बोर्डलाई माग राखेको छ ।

No tags found.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

👍 राम्रो
❤️ माया
😢 दुखेको
😡 क्रोधित

सम्बन्धित खवर

Ad
Ad