
हरिपुरलगायतका स्थानका विद्यालयमा बालबालिकाको लागि आउने खाजामा पनि भ्रष्टाचार भएको भन्दै स्थानीय अभिभावकले आक्रोश व्यक्त गरेका छन् । हरिपुर नगरपालिका–८ को इन्द्रपुरमा रहेको इन्द्रपुर प्राविमा खुवाइने दिवा खाजामा गुणस्तरहीन खाजा खुवाई भ्रष्टाचार गरिएको भन्दै अभिभावकले आक्रोश व्यक्त गरेका हुन् । विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक मिलेर सरकारको तर्फबाट बालबालिकाको लागि आउने दिवा खाजामा भ्रष्टाचार गरी गुणस्तरहीन खाजा खुवाएको स्थानीय अभिभावक लक्ष्मी रायको आरोप छ ।
विद्यार्थीको खाजामा समेत भ्रष्टाचार गरी सरकारले तोकेअनुसारको खाजा नखुवाएको, खाजा बनाउन आएको घ्यू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रजाक धोवी र प्रधानाध्यापक महेन्द्र गिरीले घरमा लगेर गुणस्तरहीन तेलमा खाजा बनाई खुवाउने गरेको विद्यालय व्यवस्थापन समितिकी सदस्य सीता श्रेष्ठ ९मुखिया० ले बताए । नेपाली बजारमा नामै नसुनेको सफारी, साजन, सेफलगायतको नामका तेलमा खाजा बनाएर खुवाउने गरेको र नगरपालिकाले तयार पारिदिएको दिवा खाजा तालिकामा हेरफेर गरिएको भन्दै आफूहरुले विरोध गरेको अभिभावकको भनाइ छ ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






