Menu

प्रचण्डले देउवा र बाबुरामसंग सत्ता समीकरण बारे छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणका लागि दलहरुसँगको भेटघाटलाई तीव्र बनाएका छन् । मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठक लगत्तै दाहलको दौडधुप तीव्र बनेको हो । बैठकलगत्तै उनी देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । देउवासँगको भेटपछि उनी जनता समाजवादी ९जसपा०का नेता डा। बाबुराम भट्टराई भेट्न उनकै निवास पुगेका थिए ।

दुबै नेताहरुसँगको भेटमा अध्यक्ष दाहालले नयाँ सरकार गठनका विषयमा छलफल गरेको बुझिएको छ । भेटमा उनीहरुबीच नयाँ सरकार गठन लगायत विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको जनाइएको छ । उनीहरुबीच अबको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा समेत छलफल भएको बुझिएको छ । आज संसद बैठक बस्दैछ सोही विषयमा समेत छलफल भएको स्रोतले जनाएको छ । यसअघि मंगलबार नै बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकार गठनबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समावादी पार्टी ९जसपा०सँग वार्ता गर्ने निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad