पञ्जावका मुख्यमन्त्री सिंहले दिए राजीनामा

Company Register

भारतको पञ्जाव राज्यका मुख्यमन्त्री अमरिन्दर सिंहले पदबाट शनिबार राजीनामा दिएका छन् । सत्तारुढ दल कांग्रेस आईमा विवाद चलिरहेका बेला उनले राजीनामा दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । शनिबार कांग्रेस पञ्जाव संसदीय दलको बैठक बस्ने तय भएपछि उनले राजीनामा दिएका हुन् । अमरिन्दर सिंह र हालै पञ्जाव कांग्रेसका अध्यक्ष बनेका नवजोतसिंह सिद्दुबीच विवाद चलिरहेको छ ।

Advertisement

२०१४ को आम निर्वाचनमा अमरिन्दरले तत्कालीन भाजपा नेता अरुण जट्लीलाई पारजित गरेपछि उनको चर्चा चुलएिको थियो । त्यसपछि २०१७ को विधानसभा चुनाव कांग्रेस उनकै नेतृत्वमा लडेको थियो र बहुमत पाएको थियो । पञ्जावमा १० वर्षपछि अमरिन्दरले कांग्रेसलाई सत्तामा ल्याएका थिए ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...