हेटौंडा उपमहानगरपालिका शान्तिनगर अवस्थित क्याम्पा डाँडालाई खेलकुद मैदान विकासको लागि तिब्र गतिमा कार्य भईरहेको छ। कर्रा खोलाले हरेक वर्ष शान्तिनगर डुबानमा हुने गरेको कारण तटबन्धनको कार्य पनि तिब्र गतिमा भइरहेको जनप्रवाह क्लबका अध्यक्ष हरी कुँवरले बताउनु भयो। क्याम्पा डाँडाको स्तरुन्नतनिको लागि र कर्रा खोला फराकिलो बनाउन त्यहाँको माटो क्याम्पा डाँडा मा भरिएको शान्तिनगर टोल विकाश का अध्यक्ष देवी बहादुर बुढाथोकीले बताउनु भयो।

क्याम्प्पा डाँडाको स्तर उन्नतिको लागि हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँ, वडा सदस्य ज्ञान बहादुर थापा ,जनप्रवाहा क्लबका अध्यक्ष हरी बहादुर कुँवर , कोषाध्यक्ष कुवर ,सल्लाहकार लोक दर्सन ढुंगाना , पिप्ले युवा क्लबका अध्यक्ष शुशिल घिमिरे लगायतको विशेष पहलमा कार्य भैरहेको छ।