मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर –७ विजौना, रमनटार स्थित राष्ट्रिय आधारभुत विद्यालय र मनहरी –६ सुनाचुरीमा रहेको राष्ट्रिय मा.वि मा फोहोर व्यवस्थापन गर्न डस्पिन सहयोग गरेको छ । आज सोमबार मुक्तिनाथ बिकास बैंक मनहरी शाखाले विद्यालय परिसरमा पुगेर डस्पिन सहयोग गरेको हो ।

No description available.

बैंकको १६ औं वार्षिक उत्सवको अवसरमा बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयमा निस्केको फोहोरहरुलाई व्यवस्थापन गर्न डस्पिन सहयोग गरेको मुक्तिनाथ बैंक मनहरी शाखाका प्रमुख प्रकाश न्यौपानेले जानकारी दिएको छ ।

No description available.

 

डस्पिन वितरण कार्यक्रममा बैंकका मनहरी शाखा प्रमुख प्रकाश न्यौपाने , समावेशी बैंकिङ्ग डेस्क प्रमुख राजकुमार मोक्तान , विद्यालयका प्रधानाध्यापक, अन्य शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।