नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सकिएको छ । पहिलो बैठकले पदाधिकारी चयन गर्नु पर्नेमा चयन नगरी सकिएको छ ।
सोमबार बसेको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेपछि सकिएको हो । पुस २५ गते अर्को बैठक बस्ने माओवादीले जनाएको छ । त्यसअघि छलफल गरेर पदाधिकारी, स्थायी समिति, पोलिट्ब्यूरो समितिका सदस्यहरु पनि टुंगो लगाउने बताएका छन् ।