शनिबार देशका केही पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार प्रदेश १, गण्डकी र कर्णालीका एक दुई ठाउँमा हल्का पानी पर्ने पूर्वानुमान महाशाखाले गरेको हो । 

विशेषगरी यी प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद्को पूर्वानुमान छ । तर ठूलो पानी भने कतै पनि पर्दैन। 

महाशाखाका अनुसार शनिबार देशभरी कै पहाडी क्षेत्रको मौसम पूर्ण रुपमा खुल्ने सम्भावना निकै कम छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ । 

यसैगरी शनिबार राति पनि पहाडी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी पर्न सक्ने महाशाखाले पूर्वानुमान गरेको छ । 

महाशाखाका अनुसार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा राति पनि पानी पर्ने सम्भावना छ । 

अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहने महाशाखाले जनाएको छ । यो हप्ता पहाडी क्षेत्रका हल्का वर्षा र हिमाली भेगमा हल्का हिमपात हुने मौसमविद्ले बताएका छन् । 

पछिल्ला दिनमा देशभर विस्तारै चिसो बढ्दै गएको छ । काठमाडौं उपत्यकाको तापक्रम पाँच डिग्रीमा झरिसकेको छ।