Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

लियोनल मेस्सी बार्सिलोनामै रहने, पारिश्रमिक ५० प्रतिशत कटौती

Company Register

अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेस्सीले बार्सिलोना क्लवमै रहने भएको छ । मेस्सीले बार्सिलोनामा थप पाँच वर्षको नयाँ सम्झौता गर्ने पक्का भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले दाबी गरेका छन् । जुन ३० बाट फ्री एजेन्ट बनेका मेस्सी र बार्सिलोनाबीच मौखिक सहमति समेत भएको दाबी गरिएको छ । तर, मेस्सीको पारिश्रमिक ५० प्रतिशत कटौती हुने बताइएको छ । क्लबको एकेडेमीमा हुर्किएका मेस्सीले बार्सिलोना बाहेक अन्य क्लबबाट खेलेका छैनन् । हालसम्म मेस्सीले ७ सय ९४ खेलमा ६ सय ६८ गोल गरेका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...