Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

कोरोनाको बन्दले ठेला भाडा तिर्न समस्या

एक्लो छोरोको साथमा बस्दै आएकी वर्ष ५८ की चम्पा क्षेत्री

Company Register

दुदुमाया सिंतान हेटौंडा ,

Advertisement

वर्ष ५८ की चम्पा क्षेत्री, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी बजारमा बस्दै आएकी छिन् । उनी अरुको घरमा एक्लो छोरोको साथमा बस्दै आएकी छन् । चम्पाले अरुको घरमा बसे पनि घर भाँडा भने तिनु पर्दैन । घरभेटी भारतको राँचीमा बस्ने हुनाले आफूले पानी र बत्तीको पैसा मात्रै तिर्दै आएकी छु, भाडा तिर्नु पर्दैन, चम्पाले सुनाइन् । चम्पाको श्रीमान् बित्नु भएपछि छोरोसंगै विगत १७–१८ वर्षदेखि नै पदमपोखरीमा कोठामा बस्दै आएकी हुन् ।

काठमण्डौँ घर बताउने श्रीमान्संग विवाह गरेकी चम्पाले उनलाई श्रीमान्ले कहिल्यै पनि घर नलगेकी उनी बताउछिन् । उनलाई अहिलेसम्म श्रीमान्को घर कहाँ, कुन ठाउँमा अनि कस्तो अवस्थामा छ भन्ने नै थाहा छैन । काठमण्डौँको बासबारीमा छ भन्ने सुनेको पछि फेरि त्यहाँ बेचेर तराइ झरेको भन्ने सुनेको छु, खोजी गरेकी छैन, खोजी गरेर जान पनि आफूसंग पैसा छैन, सबै कुरा पैसाले हुने रहेछ, त्यसैले छोरोलाई नै राम्रोसंग हेरचाह गरेर बसेको छु, उनले सुनाइन् । श्रीमानको निधन भएपछि उनी एक्लैले छोरोको हेरचाह गर्दै आएकी छिन् । मकवानपुरको उत्तरी क्षेत्र पालुङ माइति भए पनि चम्पा प्राय माइति जाँदिनन् । ‘म माइति नि जान्न, अलिकति हुने खर्चले मेरो छोरोलाई पढाउन खर्च पुग्छ भन्ने सोच्छु, अनि कही जान्न म ।’ माइतिमा उनको दाजुभाउजु, भाइबुहारी सबै आफन्त छन् । चम्पा खुब मिहेनत गर्न मन पराउछिन् । उनी ठेलामा गाउँघरमा चटपटे, पानीपुरी बेच्दै हिड्छ्न् तिर अहिले कोरोना भाइरस कोभिडको महामारीले गर्दा राज्यले निशेधाज्ञा लागु गरेकोले चम्पा घरमै चटपटे बनाएर बेच्छिन् तर गाउँतिर डुलेको जस्तो व्यापार नहुने उनी गुनासो गर्छिन् ।

‘गाउँतिर डुलेर चटपटे पानी पुरी बेचिन्थ्यो । गाउँ डुल्दै चटपटे, पानीपुरी बेच्दा कहिलेकाही ३ हजारसम्मको व्यापार हुने गरेको उनले खुशीले सुनाइन् । तर अहिले कोरोनाको महामारीले गर्दा गाउँ डुलेर चटपटे बेच्ने वातावरण छैन । घरमै बेच्दा मुश्किलले ४÷५ सयको व्यापार हुन्छ, कहिले त त्यति नि हुदैन , उनले भनिन् । ‘के गर्नु देशमा महामारी फैलिएको छ, सचेत हुनै प¥यो । आफू पनि रोगी छु, छोरो पनि रोगी छ । ’ यो कोरोनाले गर्दा ठेलाको भाँडा समेत तिर्न नसकेकी चम्पा आफ्नै ठेला भए धेरै राम्रो हुने बताउछ्नि । ‘दुई महिना भयो, ठेलाको भाँडा तिर्न सक्या छैन, आफ्नै ठेला भएको भए मलाई धेरै सजिलो हुन्थ्यो, राम्रो व्यापार नभएकोले ठेलाको भाँडा तिर्न सक्या हैन, ठेला साहुलाई केही दिन कुर्नु भनेको छु, उनले भनिन् । नयाँ ठेला लिनलाई एकै पटक धेरै पैसा आफूसंग हुन्न , सेकेण्ड ह्याण्डको भए पनि पाइयो भने बिस्तारै लिने सोच बनाएको छु , चम्पाले भनिन् ।’ चम्पाको १५ वर्षका छोरो अहिले ८ कक्षामा पदमपोखरीकै महेन्द्र उच्च माविमा पढ्दै आएका छन् । उनले छोरोलाई दुखसुख गरी नीजि स्कुलमै पढाउदै आएका थिए, तर कोरोनाको कारण देशमा लकडाउन भएपछि उनको काम छुटेसंगै उनले छोरोलाई पनि नीजि विद्यालयबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गरेको बताइन् ।

चम्पा अलि अगाडी नजिकै रहेको एउटा प्राइभेट स्कुलमा काम गर्थिन् । विश्वव्यापी महामारी कोभिडको कारण देशमा लकडाउन भएपछि सबैतिर स्कुल बन्द भयो, अनि भइरहेको त्यो काम पनि छुटेको उनले बताइन् । ‘कोरोनाले आफ्नो भइरहेको जागीर छुट्यो, छोरोलाई रामै्र शिक्षा दिउ भनेर प्राइभेट स्कुलमा हालेको, जागीर छुटेपछि नीजि स्कुलबाट बाबुलाई पनि निकाल्नु प¥यो, अहिले बाबुलाई सामुदायिक स्कुलमा हालेको छु, पढाइ राम्रो छ बाबुको, आफू नपढे पनि बाबुलाई धेरै पढाउने धोको छ । अन्त धेरै काम खोजँे तर कतै नपाएपछि तल्लो टोलको व्यक्तिको एउटा ठेला भाडामा लिएर चटपटे अनि पानीपुरी बेच्न थालेँ । सुरु सुरुमा अप्ठेरो भएको थियो । गाउँतिर ठेलो गुडाएर भन्दै हिड्न असहज भएको थियो तर अहिले बानी लागेछ, अहिले त्यस्तो केही लाग्दैन । अहिले त नियमित चटपटे खानेहरु पनि छन् तर फेरि यो निशेधाज्ञाले गर्दा घरमै बाध्य भएर बस्न परेको छ । चटपटे बेचेर घर खर्च चलाउनु  पर्‍यो, बाबुलाई पढाई खर्च, पुग्थ्यो तर अहिले यो कोरोनाका कारण राम्रो व्यापार नभएर समस्या भएको छ ।’ केही वर्ष अगाडी उनको छोरोको सेतो रगत बढेपछि स्वास्थ्यमा समस्या भएको थियो ।

उनले छोरो विरामी भएपछि सबैतिर हार गुहार गरी सहयोग मागेर उपचार गरेको र अहिले छोरोको अवस्था सामान्य भएको उनले बताइन् । ‘तर छोरोको स्वास्थ्य जाँचको नियमित फलोअपमा चितवनको भरतपुरमा जानु पर्ने थियो, कोरोनाले गर्दा गाडी चलेको छैन, फेरि गाडी पाइहाल्यो भने पनि अस्पताल जाँदा कारोना लाग्ला कि भन्ने भएर पनि अहिले फलोअपमा जान सक्या छैन ।’ चम्पाले आफ्नो छोरोको उपचारको लागि सहयोग गर्ने सबैलाई भगवानको संज्ञा दिदै आभार समेत व्यक्त गरिन् । चम्पा एक्लै भए पनि खुशी छ्नि । ‘साधारण जिवन बाँच्न पाएको छु, खुशी छु तर रोगले च्याप्दै ल्याउँदा भने डर लाग्छ ।’ ‘आफू पनि दम रोगको विरामी भएकोले पनि अहिलेको कोरोना लाग्दा स्वास प्रस्वासमा बढी समस्या हुने भन्ने सुन्दा कहिलकाही मन आत्तिएको जस्तो हुन्छ तर म हिम्मत जुटाउँछु । ’कहिकतै पनि एक टुक्र जमिन नभएको चम्पाको एउटा सानो घर बनाउने ठुलो रहर छ । त्यो घरमा छोरोलाई राखेर आफू बाँकी आनन्दको जीवन बिताउने उनको रहर छ । ‘तर मिहेनत गर्न भने छोड्नु हुन्न’ उनले भनिन् । छोरोलाई पनि उनले राम्रो संस्कार दिएको र छोरोले आफ्नो अवस्थालाई बुझेकोले चम्पा निकै खुशी छिन् । ‘मेरो छोरोले मलाई बुझेको छ, हरेक कुरा म छोरोलाई भन्छु, उसले पनि मलाई सबै कुराहरु सुनाउँछ, सायदै मैले कमाएको नि यही हो । छोरोले कहिले गुनासो गरेन, कहिले यो चाहियो, त्यो भएन भनेर मलाई माग गरेन, र त हामी खुशी छौँ, साथमा छौँ ।’ यो कोरोनाका कारण राम्रो व्यापार नभएर ठेला भाँडा तिर्न नसके पनि चामल, दाल लगायत सामाग्रीहरु भने विभिन्न संघसंस्थाबाट राहत, सहयोग पाएकोले त्यसैबाट दैनिकी गुजारिरहेको उनले भनिन् । आफूसंग मोवाइल नहुँदा समस्या भएको थियो भने अहिले एउटा सामाजिक संस्थाले मोवाइल दिएपछि धेरै सजिलो अनि सहज भएको उनले बताइन् । पहिला कतै फोन गर्दा टोलतिर भन्नु पर्ने थियो भने अहिले आफैसंग फोन भएपछि धेरै सहज भएको उनले भनिन् । स्थानिय तह वडाबाट उनले सामाजिक सुरक्षा भत्ता ( एकल भत्ता ) लिदै आएकी छिन् । उनले स्वास्थ्य विमा पनि गराएकी छन् । विमा गराएको हुनाले नै उपचार गर्न अलि सजिलो भएको अनुभव पनि उनले सुनाइन् । उनलाई आफ्नै ठेला लिएर पसल अलि बढाउने इच्छा छ ।

No description available.

 

कोरोनाको कहरबाट छुट्कारा छिट्टै पाउनेमा उनी विश्वस्त छिन् । कोरोना हटेपछि पहिलाको जस्तै दैनिकीमा फर्कने आशामा उनी छिन् । कोरोनाबाट बच्न विना काम घरबाट बाहिर ननिस्कन, भिडभाडमा नजान, मास्क र सेनेटाइजरको उचित प्रयोग गर्न, ज्वरो रुघाखोकी लागेमा नआत्तिन उनी सबैलाई सल्लाह दिन्छिन् । ‘डराएर, आत्तिएर हैन, सजग भएर सावधानी अपनाएर रोगबाट बच्न अनि पार पाउन सकिन्छ ।’ उनले सबै एकल आमाहरुलाई हिम्मत जुटाएर, हरेक अवस्थालाई सहज स्वीकारी त्यसको सामाना गर्दै अघि बढ्दै जान सुझाव समेत दिएकी छन् । आज दुख भयो भनेर आत्तिने होइन, कर्म गर्दै जाँदा त्यो दुख सुखमा परिणत हुन सक्छ, उनले भनिन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...