नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सोमबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभा क्षेत्र नम्बर २ को सभापतिमा लोक मुक्तान विजयी भएका छन् । उनले ६२० मत प्राप्त गरी विजयी भएका हुन् ।

त्यस्तै सचिवमा थल बहादुर थापा ९सन्तोष०, बलराम घिमिरे विजयी भएका छन् । थल बहादुर थापाले ५२७, बलराम घिमिरेले ४६२ मत ल्याएर विजयी भएका हुन् । रमेशकुमार थिङले ३४४ र रामकुमार ब्लोनले ३७७ मत ल्याएर पराजित हुन पुगेका छन् । सहसचिवमा भने निर्मला रुम्बा र चुन्दरी माया थिङ निर्विरोध भएका थिए । अन्य सदस्यहरुमा पनि सबै निर्विरोध भएका हुन् । यस क्षेत्रमा १०९२ जना मतदाता मध्ये १०४२ मत खसेको थियो ।