आउँदो मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । कारागारका जेलर तिर्थराज पौडेलका अनुसार कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्थाको तयारी सुरु गरिएको छ ।
जेलर पोडेलले कारगारमा रहेका ९ सय ८९ जना कैदीबन्दी मध्ये मतदाता नामावलीमा नाम भएका ९८ जना कैदीबन्दीको मतदान गर्न पाउने भएको बताए । मतदाता नामावलीमा नाम भएका कैदीबन्दीलाई कारागारबाटै मतदान गर्ने व्यवस्था गरिएको प्रदेश निर्वाचन कार्यालय, हेटौडाले जनाएको छ । कार्यालयका अनुसार कैदीबन्दीले प्रतिनिधिसभाको समानुपतिकतर्फ मात्रै मताधिकार प्रयोग गर्न पाउने छन् ।