Menu

७ दिनमा ३० जनामा कोरोना सङ्क्रमण पुष्टि, बिरामीको सङ्ख्या थपिँदै

काठमाण्डाै – पछिल्लो ७ दिनमा ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ७ दिनमा ३० जना र बितेको २४ घण्टामा ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाले जानकारी दिनुभयो ।

महाशाखाका अनुसार गएको पुस १७ गतेपछि १ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा सबैभन्दा बढी बागमती प्रदेशमा १ सय २९, सुदूरपश्चिम प्रदेशमा १७, मधेश प्रदेशमा ५, कोशी तथा गण्डकी र लुम्बनी प्रदेशमा ३/३ जनामा सङ्क्रमण देखिएको छ ।

यसैबीच सङ्क्रमण देखिएका ठाउँमा परीक्षण किट एन्टिजेन पठाएको निर्देशक डा. झाले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा सङ्क्रमण देखिएका कारणले नेपालमा पनि देखिएको तर आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक जोखिममा रहे पनि अत्यधिक फैलिएर समस्या ल्याउने अवस्था नरहेको उहाँको भनाइ छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad