यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
विष्णु खत्रीको देउसी-भैलो गीत ‘लाहुरे बाको आँगनीमा’ सार्वजनिक [भिडियोसहित]


काठमाडौं – लोकप्रिय गायक विष्णु खत्रीको ‘लाहुरे बाको आँगनीमा’ सार्वजनिक भएको छ । विष्णु खत्रीको लय तथा बिष्णु खत्री र कुशल भण्डारीको शब्द रहेको गीतमा गायक बिष्णु खत्री एबम गायिका मुना थापा मगर र टिका पुनको आवाज रहेको छ ।

Advertisement
कृष्ण भान्जाको संगीत संयोजन रहेको गीत मारुनी डिजिटलमा रेकर्ड गरिएको हो । ‘लाहुरे बाको आँगनीमा’ तिहार विशेष गीत हो । गायक खत्रीले यसै वर्षको दशैंमा ‘रीनै रिनको’को बजारमा ल्याएको गीतले समेत चर्चा पाएको थियो ।
होम गुरुङले निर्देशन गरेको म्युजिक भिडियोको सम्पादन सुवास यामगाईले गरेका छन् । निर्मल छेत्री, सम्झना खत्री, सगुना खत्री लगायतका कलाकारहरुको अभिनय रहेको म्युजिक भिडियोलाई मरुभूमी नारायणले छायांकन गरेका छन् ।
गायक बिष्णु खत्रीकै आफ्नै युटुब च्यानलबाट सार्वजनिक गीतले समाजमा नेता तथा शिक्षकको भूमिका र लाहुरे बाको जिन्दगीलाई चित्रण गरेको छ । गीतमार्फत खानेपानी, स्वास्थ्य, शिक्षा, बाटोघाटो निर्माण, कलकारखाना, उद्योगधन्दा खोल्न र युवा शक्तिलाई स्वदेशमै रोजगारी दिन आग्रह गरिएको छ ।
बागलुङको गलकोट नगरपालिका ७ मल्ममा जन्मेका खत्री लामो समय देखि लोक दोहोरी क्षेत्रमा सक्रिय छन् ।