गुल्मेली सागर थापा ‘ध्रुव’ र इलामकी रोशनी कार्कीले अभिनय गरेको आधुनिक गीत ‘उड्यो रे मेरो मन’ को म्युजिक भिडियो शनिबार सार्वजनिक भएको छ। यो म्युजिक भिडियो निराजन कँडेलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 

थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर चर्चा कमाएका थापा र कार्कीले यो भिडियोले पनि सोहि अनुसार दर्शकबाट माया पाउने अपेक्षा लिएका छन् ।

यो म्युजिक भिडियो अनिल के मानन्धरको निर्देशनमा कालिन्चोकका विभिन्न स्थानमा छायाँकन गरिएको छ । ‘उड्यो रे मेरो मन’ गीतमा प्रमोद कोइरालाको शब्द संगीत छ । गीतमा निराजन कँडेल र प्रविसा अधिकारीले स्वर दिएका छन् ।

गुल्मेली सागर र इलामकी कार्की पछिल्लो समय अभिनयको क्षेत्रमा जम्दै गएका छन् । सानैदेखि गीत संगीतका क्षेत्रमा रुची राख्ने थापा र कार्कीले एकसाथ थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन् । 

उनीहरुले थिएटरमा आधा दर्जन नाटकमा अभिनय गरेका छन् । सागरले ‘उड्यो रे मेरो मन’ संगै ‘बिस्तारै बिस्तारै’, ‘प्रेम कहानी’, ‘सम्हाले मुटुलाई’, ‘जुनीभरी संगै जिउँला’ लगायतका आधुनिक गीतका म्युजिक भिडियोहरुमा अभिनय गरेका छन् । कार्कीले ‘मुसुक्क हाँस’, ‘धोका भो’, ‘झरि’, ‘हेर यो मुटुमा’ लगायतका म्युजिक भिडियोमार्फत चर्चा कमाएकी छन् ।

आफ्नो गीत संगीत र अभियन क्षेत्र रुचिकाे विषय भएकाले दर्शकको मायासँगै आफुलाई अब्बल बनाउँदै लैजाने सागरले बताए ।

भिडियो हेर्नुहोस् :