Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

‘सूर्यवंशी’को एक्सन प्याक्ड ट्रेलर रिलिज(भिडियो)

Company Register

बलिउड स्टार अक्षय कुमार स्टारर चलचित्र ‘सूर्यवंशी’को ट्रेलर सार्वजनिक भएको छ । यस वर्षको प्रतीक्षित चलचित्रको ट्रेलर निकै रोचक र एक्सन युक्त रहेको छ । ट्रेलरमा एक्सन मात्र नभएर कमेडी तथा रोमान्स पनि देख्न सकिन्छ । ट्रेलरमा अक्षयका साथमा अजय देवगण र रणवीर सिंह तथा नायिका कट्रिना कैफलाई स्थान दिइएको छ । चलचित्रले मुम्बईमा भएको आतकंवादी हमलाको विषयलाई उठाएको छ । ट्रेलरका अनुसार अक्षय एक प्रहरी अफिसरको भूमिकामा छन् । रोहित सेट्टीले निर्देशन गरेको चलचित्र  ‘रिलायन्स इन्टरटेन्टमेन्ट’, ‘रोहित सेट्टी पिक्चर्स’ले निर्माण गरेका हुन् । ‘सूर्यवंशी’ यही मार्च २४ गते इदको अवसर पारेर प्रदर्शनमा आउँदै छ । ट्रेलरले चलचित्र प्रति थप कौतुहलता थपिदिएको छ ।  

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...