Comments Add Comment

प्रधानमन्त्री ओलीबाट भिडियो सन्देश,छिट्टै स्वस्थ भएर काममा फर्किन्छु

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मिर्गौला प्रत्यारोपण गरेर चाँडै स्वस्थ भएर नियमित काममा फर्कने बताएका छन्।

मिर्गौला प्रत्यारोपणका लागि अस्पताल जानुअघि सोमबार भिडिओ सन्देशमा प्रधानमन्त्री ओलीले आफू अस्पतालबाट थप उर्जा र आत्मविश्वाससहित आउनेसमेत बताए।  उनले भने, ‘मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको संर्घषमा बित्दै आएको छ, विविध समस्याहरूसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरू सबैलाई जानकारी नै छ’, प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, झण्डै १२ वर्षअघि मेरा दुवै मिर्गौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएको र अब आगामी फागुन २१ गते बुधबार फेरि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराउँदैछु गरेको पनि उनले बताए। उनले भने, ‘त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुदैछु।’

प्रधानमन्त्रीको सम्बोधन भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर