
काठमाडौं – गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सिजन ३ का उत्कृष्ट चार प्रतियोगी छानिएका छन्। शुक्रबार भएको सेमिफाइनलमा चार जना कोचका एक–एकजना प्रतिभा फाइनलका लागि छनोट भएका हुन्।
फाइनलमा टिम दीपबाट भारतको दार्जिलिङका आर्यन तामाङ प्रवेश गरेका छन्। उनले बुटवलका गोविन पुनलाई पछि पार्दै फाइनलको यात्रा सुरक्षित गरेका हुन्।
यस्तै‚ टिम प्रमोदबाट अमेरिकाबाट सहभागी किरण गजमेर फाइनलमा प्रवेश गरेका छन्। उनले भारतको सिक्किमका रवि गहतराजलाई पछि परेका हुन्।
टिम राजुबाट बाग्लुङकी तारा श्रीष मगर फाइनल प्रवेश गरेकी छन्। उनको प्रतिष्पर्धी काठमाडौंका सोनाम शेर्पा रहेका थिए। यस्तै‚ टिम तृष्णाबाट ज्वाला राईले फाइनलका लागि आफूलाई सुरक्षित बनाएका छन्। उनले अफ्रिता खड्गीलाई पछि पारेका हुन्।
उनीहरू एसएमएस र अनलाइनमार्फत् गरिएको भोटबाट छनोट भएका हुन्। प्रतियोगिताको ग्राण्ड फिनाले आगामी शनिबार हुने छ।
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






