Comments Add Comment

फिल्म लेख्नुस्, ३ लाख जित्नुस्

ब्ल्याक आईज क्रियसनले स्क्रिप्ट राइटिङ प्रतियोगिताको आयोजना गर्ने भएको छ । फिल्मको कथा राम्रो नभएका कारण राम्रा फिल्म बन्न नसकिरहेको अवस्थामा यस्तो प्रतियोगिता हुन लागेको हो । ‘स्क्रिप्ट लेख्नुहोस् विजेता बन्नुहोस्’ नाराका साथ टिमले आफ्नो मेगा प्रोजेक्ट चलचित्रका लागि कथा खोजी गरेको हो । आयोजक स‍ंस्थाले उत्कृष्ट स्कृिप्टलाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेको छ ।

आयोजकका अनुसार प्रतियोगीले प्रेम कथालाई समेट्न सक्नेछन् । पर्तिस्पर्धामा सहभागी हुन् चाहनेले आफ्नो स्क्रिप्ट इमेलमार्फत Blackeyecreation@gmail.com मा पठाउनुपर्ने आयोजकले जनाएको छ । आफ्नो स्क्रिप्ट २०२१ अप्रिल २१ सम्म पठाउन सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर