Comments Add Comment

ज्ञानोदयमा एक दिने शिक्षण सिकाइ तालिम सम्पन्न , प्रशिक्षक थापाले दिए प्रशिक्षण

हेटौंडा उपमहानगरपालिका वडा नंम्बर २ सङ्गमचोकमा रहेको ज्ञानोदय बालबाटिका अङ्ग्रेजी माध्यमिक विद्यालयमा एकदिने शिक्षण सिकाई तालिम सम्पन्न भएको छ । शनिबार स्कुलले शिक्षण सिकाइमा प्रविधिको प्रयोग गरी शिक्षण सिकाई कृयाकलाप कसरी रुचिकर, बिद्यार्थी केन्द्रीत आधूनिक बनाउन सकिन्छ भन्ने विषयमा एकदिने तालिम सम्पन्न भएको हो ।

एक दिने शिक्षण सिकाई तालिममा विवशजंग थापाले आधारभुत तहका शिक्षकलाई प्रशिक्षण दिएका हुन् । कार्यक्रममा थापाले पेशागत विकास कसरी गर्ने र महत्वपूर्ण वेबसाईटहरुको बारेमा प्रयोग गरी देखाएका थिए । अनलाईन शिक्षण सिकाइ क्रियाकलाप विशेषगरी कक्षा १ देखि ७ सम्म कसरी उत्कृष्ट बनाउने भनी प्रशिक्षक थापाले प्रयोगात्मक तरिकाले सहजीकरण गरेका थिए । कार्यक्रममा १८ जना शिक्षकको उपस्थिति रहेको थियो।

कार्यक्रममा बिद्यालयका निमित्त प्रधानाध्यापक आर्यन झाको बिशेष आतिथ्यता रहेको थियो ,शिक्षकहरुलाई अनलाईन कक्षालाई प्रभाबकारी रुपमा संचालन गर्न प्रबिधिमैत्रि बनाउन आफु सदैब लाग्ने र अन्य शिक्षकहरुले पनि आफुले जानेका सिपलाई प्रयोगमा ल्याउन बिशेष अनुरोध गर्नुभएको थियो । कार्यक्रममा लिएको ज्ञान सिपलाई विद्यार्थी माझ कक्षाकोठामा प्रयोगमा ल्याई प्रभावकारी ढङ्गबाट विद्याललयमा संञ्चालन गरिने समेत शिक्षकहरुले बताउनु भएका छन् । कार्यक्रम विद्यालयका शिक्षक सुदिप बर्तौलाको संयोजकत्वमा संन्चालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर