Comments Add Comment

मकवानपुरगढी गाउँपालिकाको परिचय झल्काउने गित “मकवानपुरगढी घुम्न जाउँ” सार्वजनिक (भिडियो )

मकवानपुर – नेपालको ऐतिहासिक क्षेत्र मकवानपुरगढीको विरता झल्काउने गरि गायक तथा संगीतकार चेतन सापकोटाले मकवानपुरगढी गाउँपालिकाको परिचय रहेको एक वृत्तचित्र सहित ” मकवानपुरगढी घुम्न जाउँ ” बोलको गित सार्वजनिक गरेका छन् ।

मकवानपुरगढीको आठै वटा वडाको विशेषता तथा ती स्थानका पर्यटकीय हिसाबले घुम्न लायक स्थानहरुको उक्त गितमा वर्णन गरिएको छ ।

गायक तथा संगीतकार सापकोटाले निकै आकर्षक र रोचक हिसाबले तयार पारेका उक्त गितमा गाउँपालिका अध्यक्ष विदुर हुमागाँईलाई समेत नचाएका छन् ।

पर्यटकीय हिसाबले निकै चर्चित तथा नेपालको ऐतिहासिक क्षेत्र वागमती प्रदेशको राजधानी हेटौंडाबाट १७ किलोमिटर पुर्व कान्तिलोकपथको छेवैमा मकवानपुरगढी गाउँपालिका अन्तर्गत वडा नं २ मा रहेको पृथ्वीनारायण शाहको ससुराली सेन वंशिय राजाले शासन गरेको मकवानपुरगढी दरवार क्षेत्रको धेरै नै दृश्यहरु छायांकन गरिएको उक्त गितमा मनकामना मंदिर , रुद्रवाटिका , फुुुटसल , विजय पार्क , सालकपार्क , ढुङेगढी , जिपलाईन ,रिखेश्वर गुफा , खुँडेधारको पर्यटकीय पदमार्ग लगायतका चर्चित स्थानहरुको छायांकन गरिएको छ ।

यसैगरी मकवानपुरगढी गाउँपालिकाको सांस्कृतिक , धार्मिक , पर्यटन एवम् उत्पादनको विषय समेटिएको वृत्तचित्र मार्फत मकवानपुरगढीको परिचय झल्काईएको छ । उक्त वृत्तचित्रमा गाउँपालिकाले गरिरहेका गतिविधि लगायत आगामी कार्यक्रम तथा योजनाका विषयमा पालिका अध्यक्ष विदुर हुमागाँई , उपाध्यक्ष हर्कमाया रुम्बा र प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले सान्दर्भिक विचार प्रस्तुत गर्नुभएको छ ।

नेपाल कै विशिस्ट महत्त्व बोकेको ऐतिहासिक क्षेत्र मकवानपुरगढी का विषयमा गित तथा वृत्तचित्र मार्फत आफ्ना भावना तथा कला समेट्न पाएकोमा आफु निकै नै खुशी भएको गायक संगीतकार चेतन सापकोटाले बताएका छन् । साथै कम्तीमा एकपटक हेरिदिन सापकोटाले सबैलाई अनुरोध समेत गरेका छन् ।

यस गित तथा वृत्तचित्र तयार गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको पालिकाले जनाएको छ ।

रेडियो मकवानपुरगढी डटकम मा गोविन्द शर्मा तिमल्सिनाले लेखेका छन्

“मकवानपुरगढी घुम्न जाउँ’ भिडियो हेर्नुहोस्

मकवानपुरगढीको वृत्तचित्र हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर