नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, हेटौँडा–८ स्तरीय वडा कमिटि निर्माण भएको छ । शनिबार भएको वडा भेलाले विशाल थापाको अध्यक्षतामा ५५ सदस्यीय कमिटि निर्माण भएको हो । कमिटिको उपाध्यक्षमा विमान सिंह रुम्बा,राम राज सुवेदी, उमेश तामाङ, सचिवमा कृष्ण केसी, सहसचिव शिव चौहान र कोषाध्यक्ष सुजिता केसी चयन भएका छन् ।

कार्यक्रममा मदन मण्डारी स्र्पोट्स एकेडेमीको अध्यक्षमा कृष्णप्रसाद अर्याल चयन भएका छन् । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २ सय ५० जना नेकपा एमालेमा प्रवेश गरेका थिए । नव प्रवेशीलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवम् वागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेल सहित एमालेका नेताहरुले स्वागत गरेका थिए ।