काठमाडौं – प्रेमी प्रेमिकाले एक अर्कालाई देख्न-भेट्न नपाउदाको छटपटी र निराशालाई समेटेर तयार पारिएको प्रेमिल शैलीको ‘एकै छिन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायिका मेलिना राई र गायक किरण गजमेरको युगल गायन यस गीतमा सुन्न सकिन्छ। गीतकार गोपाल लोहारको शब्दमा रहेको यस गीतलाई वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्द गरेका हुन् । गीतमा विषम आचार्यको संगीत संयोजन रहेको छ।

म्युजिक भिडियोमा प्रभात पाल ठकुरी र कविता न्यौपाने फिचर्ड छन् । श्याम तामाङ्गले छायांकन गरेका यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् ।

भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई काजी लिम्बू र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो । गोलो प्रडक्शनको आधिकारिक च्यानलमार्फत् भिडियो सार्वजनिक गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू