गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

Company Register

लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदकबाट सम्मान हुने भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु माझीलाई पनि प्रसिद्ध प्रबल जनसेवाश्री पदक प्रदान गर्ने सरकारले निर्णय गरेको हो । गायिका माझी सार्वजनिक नभएकाले पनि उहाँको बारेमा धेरैले चासो र चिन्ता राखेका छन् ।

Advertisement

गएको तीजमा उहाँले गाएको ‘तीजको दरै खान मन थियो, माइती घरै जान मन थियो, जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुँदैरुँदै बेसी मेलैमा’ बोलको गीत उहाँकै जीवनमा आधारित रहेको भन्दै उहाँको खोजी समेत गरिएको छ । संविधान दिवसका अवसरमा सरकारले उहाँसहित विभिन्न क्षेत्रमा योगदान पुर्याएका ९ सय ३ जनालाई विभिन्न विभूषण र पदक दिने घोषणा गरेको छ । अहिले घोषणा गरिएको विभूषण र पदक वैशाख १ गते विशेष समारोहका साथ राष्ट्रपति विद्यादेवी भण्डारीले वितरण गर्नु हुनेछ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...