मकवानपुरमा गाई काटेको अभियोगमा १० जना पक्राउ गरेको छ । मकवानपुरको बकैया गाउँपालिकामा गाई काटिरहेको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट गएको प्रहरीले १० जनालाई पक्राउ गरेको हो । उनिहरुलाई ५० केजी गाईको मासु सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा जनक बहादुर लो, राज लो,रबिन्द्र लो,राज कुमार घलान,प्रलाद भक्त न्यासुर,सोमार भोलन,सन्च माया भोलन,सन्देश बिक, सुन बहादुर तामाङ, फुल माया थिङ रहेका छन् । उनिहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।