मकवानपुरको ऐतिहासिक मकवानपुरगढी गाउँपालिकामा नेकपा एमालेका एक जना वडासदस्य निर्विरोध निर्वाचित भएका छन् । मकवानपुरगढी वडा नम्बर ७ बाट दलित महिला कोटामा तिर्थ कुमारी ल्वागुनको मात्रै मनोनयन दर्ता भएको छ । ७ नंम्बर वडाबाट एक जनाको मात्रै उम्मेदवारी रहेकोले स्थानिय तह निर्वाचन ऐन २०७३ को दफा १९ को उपदफा ४ अनुसार निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय मकवानपुरगढीले जानकारी दिएका छन् ।