Comments Add Comment

बकैयामा ट्याक्टर दुर्घटना हुँदा घिसिङको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका–४ छतिवनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको बागमती–५ बगेरी बस्ने अन्दाजी २७ वर्षीय सत्यमान घिसिङ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घिसिङको घटना स्थलमै मृत्यु भएको थियो ।

गएराती धरान, चतरा सडकखण्ड अन्तर्गत हेटौंडाबाट हात्तीसुँडेतर्फ जाँदै गरेको बागबती प्रदेश ०३–००१त ३४१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टरमा सवार ३५ वर्षीय दमै सिङ सिन्तान घाइते भएको र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै