Comments Add Comment

बानियाँ ब्राण्डको प्रभावः विपक्षीदेखि असन्तुष्टसम्म समर्थनमा

मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादर बानियाँले आफ्नो पक्षमा प्रतिष्पर्धी उम्मेदवारदेखि विपक्षीहरुसम्मको समर्थन बढाउँदै गईरहेका छन् । गरिब, निमुखा जनताको जीवनस्तर परिवर्तन गर्ने प्रतिवद्धतासहित चुनावी घरदैलोमा व्यस्त रहेका उनको लोकप्रियताकै कारण सामाजिक, राजनीतिक व्यक्तित्वदेखि प्रतिस्पर्धी उम्मेदवारसमेतले समर्थन गर्न थालेका हुन् । सरकारमा रहँदा होस् या नरहँदा, जनताको सुखदुखमा संगै रहेका बानियाँ नै यसपटक पनि पश्चिम मकवानपुरको विकासको लागि आवश्यक भएकाले आफुले उनलाई समर्थन गरेको खुसीलाल प्रजा बताउँछन् ।

यसअघि स्वतन्त्र उम्मेदवारी दिएका प्रजाले उम्मेदवारी निस्कृय गर्दै, ‘ईन्द्र बानियाँज्यूले मकवानपुरमात्र नभई समग्र बागमती प्रदेशकै जनताको हितका लागि योगदान दिनुभएको छ । बागमती प्रदेशमा शुरुवात भएका पूर्वाधार विकास र अन्य कामलाई पूर्णता दिन उहाँले जित्नैपर्छ, त्यसैले मैले उहाँलाई समर्थन गरेर उम्मेदवारी निस्कृय गरेको हुँ ।’ उनले आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानजस्ता उपलब्धी मास्न खोज्नेहरुलाई बल पुग्ने खतरा देखिएकोले पनि आफुले बानियाँलाई समर्थन गरेको बताए ।

नेपाली कांग्रेस वीपीबाट उम्मेदवारी दिएका पदमबहादुर तितुङ पनि कांग्रेसमै फर्किएर उम्मेदवारी निस्कृय गर्दै बानियाँको चुनावी सारथी बनेर हिडिसकेका छन् । पत्रकार सम्मेलन गरेर तितुङले इमान्दार छवि भएका बानियाँ नै चुनावी मैदानमा आएपछि आफुले उम्मेदवारी निस्कृय गरेर कांग्रेस र बानियाँलाई जिताउने अभियानमा लागेको बताए । वीपी कांग्रेसबाटै सोही क्षेत्रका समानुपातिक उम्मेदवार क्रमश कुमार बल, रामकुमारी घलान र जानुकी लामाले पनि उम्मेदवारी निष्क्रिय गराउँदै बानियाँलाई सघाउन घरदैलोमा निरन्तर पुगिरहिका छन् । ‘हामी पहिले देखि नै नेपाली कांग्रेस हौं, यसअघि पनि ईन्द्र बानियाँलाई जिताएका हौं, विकासका लागि चाहिने पनि उहाँ नै हो, त्यसैले हामी उहाँलाई जिताउने अभियानमा छौं ’ पत्रकार सम्मेलनमा उनीहरुले भने । उनीहरुले विज्ञप्ती जारी गर्दै गठबन्धनको तर्फबाट प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका बानियाँलाई समर्थन गर्न आम मतदातालाई आग्रहसमेत गरे ।

२०७४ को निर्वाचनमा बानियाँसँगै प्रतिस्पर्धामा रहेका तत्कालिन नेकपा एमालेका नेता राजाराम स्याङ्तान उनीसँगै छन् । बानियाँले उम्मेदवार मात्रै होइन विपक्षी नेताहरुलाई पनि आफ्नो पक्षमा ल्याएका छन् । स्थानीयस्तरमा प्रभाव बनाएका उनीहरुलाई बानियाँको लोभ लाग्दो आकर्षणको प्रभावको छाप छ । त्यसैले खुलेरै वा अघोषित रुपमा उनीहरु सार्वजनिक बहसमा बानियाँको प्रशंसा गर्दै जिताउने दावी गर्न पछि पर्दैनन् । स्थानीय तहको निर्वाचनमा राक्सिराङ गाउँपालिका वडा नम्बर ७ का एमाले अध्यक्ष एवं २०७४ मा वडा अध्यक्षका प्रत्यासी पूर्णबहादुर चेपाङ बानियाँलाई समर्थन गर्दै कांग्रेसमा प्रवेश गरेका छन् । ‘ईन्द्र बानियाँ विकासका ब्रान्ड हुनुहुन्छ, उहाँलाई विजयी गराउन म कांग्रेसमै प्रवेश गरी अभियानमा सहभागी भएको हुँ ।

बानियाँले आफ्नो क्षेत्रका पार्टीका असन्तुष्ट नेता, कार्यकर्ता, प्रभावशाली सामाजिक अभियानमा जुटेका व्यक्तिहरु, पेशाकर्मी र युवा अभियन्ताहरुबीच पनि अन्तरक्रिया गर्दै आफ्नो पक्षमा माहोल जुटाईरहेको नेपाली कांग्रेस मकवानपुर संघीय क्षेत्र नम्बर २ का सभापति लोकबहादुर मुक्तानको भनाई छ ।
प्रतिस्पर्धी उम्मेदवारहरुको समर्थनले आफुसँगै विकास चाहाने जनता उत्साहित भएको बानियाँले प्रतिक्रिया दिएका छन् । उनले चित्त दुखेर निस्कृय रहेकाहरुलाई समेत चुनावी अभियानमा सरिक हुन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर