चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसी आजदेखी अनसन बस्ने भएका छन् । डा. केसीले सरकारले आफूसँग गरेको सहमति कार्यन्वयन नगरेको भन्दै १७ औं पटक अनसन बस्न लागेका हुन् ।
डा. केसीले आफ्नो १७ औं अनसनका लागि केही दिन अघि देखि काठमाडौं मा अनसन स्थलको खोजिमा समेत लागेका थिए । उनका सहयोगी डाक्टर जीवन क्षेत्रीका अनुसार डा केसीले आफ्नो १७ औं अनसन काठमाडौं मै बस्ने तयारी गरेका छन् । चिकित्सा शिक्षाका सुधारका लागि डा केसीले टिचिङ अस्पतालमै २०६९ साल असार २१ गते पहिलो अनशन शुरू गरेका थिए । गत असोज २७ गते उमेर हदका कारण टिचिङबाट अवकाश पाएपछि उनी अहिले अनसन स्थालको खोजिमा लागेका थिए ।
डा. केसीले आफ्नो १७ औँ अनसनको माग भने असोज २७ गतेको पत्रकार सम्मेलनमा सार्वजनिक गरिसकेका छन् । उनले यसअघि आफ्ना माग पूरा गर्न सरकारलाई कात्तिक ८ गतेसम्मको अल्टिमेटम दिएका थिए । कात्तिक १३ गतेदेखि अनसन बस्ने भने पनि डाक्टर केसीले तिहार र छटलाइ लक्षित गर्दै आफ्नो अनसन आजको लागि सारेका थिए । आफ्ना मागहरूलाई सरकारले व्यवास्ता गरेको भन्दै डाक्टर केसीले आज देखी १७ औं अनसन बस्न लागेका हुन् ।