Comments Add Comment

आज १५० कोरोना संक्रमित थपिए, ६ सय ९ डिस्चार्ज

काठमाडौं – देशमा आज  १५० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको सख्या १७ हजार ९ सय ९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितबारे जानकारी दिएका हुन् । हालसम्म १२ हजार ४ सय ७७ जना कोरोना संक्रमितहरु उपचारपश्चात निको भएर घर फर्केका छन् । देशमा ५ हजार ४ सय ७७ जना उपचाररत छन् । हालसम्म कोरोना संक्रमणबाट ४० जनाको मृत्यु भएको छ । पुर्वका पाँचथर , धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला, मनाङ र मुस्ताङ जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर