सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । चैत ११ देखि सरकारले लगाएको लकडाउन मंगलबार (आज) मध्यरातिबाट अन्त्य गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषदको  निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले लकडाउन अन्त्य  भएको जानकारी दिएका हुन् । 

प्रवक्ता खतिवडाका अनुसार स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको हो ।