काठमाडौं- प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइदै छ । तर कोरोना रोकथाम तथा नियन्त्रणको लागि ‘लकडाउन’ घोषणा गरिएकाले विभिन्न शक्ति पीठहरु भने खाली छन् ।
असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा मनाइने यो पर्व दशैँ वर्षमा दुई पटक मनाउने गरिन्छ ।
असोजमा मनाइने दशैँलाई वडादशैँको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा भने चैते दशैँ मनाइन्छ ।
वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गा पूजाको विशेष महत्व रहेको शास्त्रमा उल्लेख छ ।