मकवानपुरगढी गाउँपालिका वडा नंम्बर २ स्थित कुर्लेमा रहेको बंशगोपाल मावि (प्राविधिक शिक्षालय) ले आज १९ औं राष्ट्रिय धान दिवस तथा रोपार्ईं महोत्सव मनाइएको छ । धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग भन्ने नाराका साथ विद्यालयको आयोजना तथा गाउँपालिकाको सहकार्यमा महोत्सवको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक सन्देश तुम्सिङ मगरले बताएको छ ।

No description available.

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख अतिथ्यता रहेको थियो । प्रमुख अतिथि गाउँपालिका अध्यक्ष लामाले कृषिमा आत्मनिर्भर रहन पालिकाले आवश्यक नीति कार्यक्रमका साथै बजेट ल्याएको बताए । उनले कृषि र पशुपालन क्षेत्रमा व्यवसायिकीकरण गरी आत्मनिर्भर रहनका लागि युवा लक्षित कार्यक्रमहरु पालिकामा रहेको समेत बताए ।

No description available.

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन, कार्यपालिका सदस्य रामप्रसाद चौरेल, प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी, महिला तथा बालबालिका शाखा प्रमुख मन्दिरा थापा, विद्यालयका शिक्षक तथा विद्यार्थीहरु लगायत कृषकहरुको उपस्थिती रहेको थियो ।