Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरगढीमा खोलाले सवारी बगायो (हेर्नुहोस् भिडियो)

Company Register

बिहानदेखि परेको अबिरल वर्षादका कारण मकवानपुरगढी गाउँपालिकामा एक सवारी साधन स्थानीय भालुखोलाले बगाएको छ ।

मकवानपुरगढी गाउँपालिकाको वडा नं ५ र ६ आमभञ्ज्याङ्ग बाट ३ वटा दुग्ध संकलनकेन्द्रबाट संकलित दुग्ध लिएर हेटौंडा आउने क्रममा सवारीलाई खोलाले बगाएको हो ।

Advertisement

ना ५ च ९८७५ नं उक्त ट्र्याक्टर बगाउँदा करिव ५०० लिटर दुग्ध, ग्यास सिलिण्डर, ड्रम, तथा दुग्ध बोक्ने क्यान तथा सवारी साधन गरी करिव १ लाख बराबर क्षती भएको वडा नं ६ का अध्यक्ष टिकाप्रसाद दाहालले बताउनुभयो । दुर्घटनामा कुनै मानवीय क्षती भने नभएको अध्यक्ष दाहालले बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिकाको वडा नं ५ र ६ मा रहेका आमभञ्ज्याङ्ग दुग्ध उत्पादक सहकारी संस्था लि, सिद्धार्थ दुग्ध उत्पादक सहकारी संस्था लि र श्री कृष्ण दुग्ध उत्पादक सहकारी संस्थाबाट दुग्ध लिएर हेटौंडा आउने क्रममा ट्रयाक्ट्ररलाई खोलाले बगाएको गढी ५ भालुखोलाका स्थानीय देबीप्रसाद अधिकारीले अनलाईनपत्रलाई बताउनुभएको हो । सवारीमा भने आंसिक क्षती भएको छ ।

खोलाले बगाएको ट्रयाक्ट्ररलाई स्थानीयहरुले जेसिबि मेशिन लगाएर तत्काल खोलाबाट निकालेको सवारीधनी पुष्कर तिमल्सेनाले बताए ।

हेर्नुहोस् भिडियो

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...