हेटौँडा,१७ भदौ । हेटौँडा उपमहनगरपालिका वडा नंबर ११ मा रहेको दुईवटा घरमा चोरी भएको छ । हेटौँडा ११ भैरबकुञ्ज टोलमा जयन्ती न्यौपाने र स्मारीका पुडासैनीको घरमा चोरी भएको हो ।
जयन्तीको घरबाट नगद ४० हजार, एक तिलहरी, पाँचवटा चरेशको थाल सहितको सामग्री चोरी भएको छ भने स्मारीका पुडासैनीको घरमा के कति समान चोरी भएको हाल थाहा भैनसकेको सामुदायिक प्रहरी हेटौँडा ११ का उपाध्यक्ष देवकुमार श्रेष्ठले बताए ।
घरमा ताला लगाएर परिक्षा दिन गएको समयमा स्मारीका घरमा चोरी भएको हो । चोरी भएको विषयमा प्रहरीमा उजुरी गरिसकेको उनले बताए ।