मकवानपुरगढी गाउँपालिकाको वडा नंम्बर ६ मा ६०० मत गणना गर्दा नेकपा एमालेले अग्रता लिएको छ । ६ सय मत गणना गर्दा गाउँपालिलका अध्यक्षमा एमालेका उम्मेदवारले ३६१ र गठबन्धनका उम्मेदवारले १९३ मत प्राप्त गरेका छन् । यसैगरी पालिका उपाध्यक्षमा एमालेका उम्मेदवारले ३१५ र गठबन्धनका उम्मेदवारले १८४ मत प्राप्त गरेका छन् । त्यस्तै वडाध्यक्षमा पनि झिनो मतले एमालेका उम्मेदवार अगाडी छन् । एमालेका उम्मेदवारले २८९ र नेपाली कांग्रेसका उम्मेदवारले २८४ मत प्राप्त गरेका छन् ।