मकवानपुरमा सोमबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा १० स्थित कीटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा सोमबार ४३ जनाको स्वाब संकलन गरिएकोमा ६ जनाको स्वाबको रिपोर्ट पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिएका छन् । संक्रमित हुने मध्य २ जना महिला र ४ जना पुरुष रहेको छ ।