Comments Add Comment

मकवानपुरगढी–५ सिमलटारमा रेडियो थाहा सञ्चारको धान दिवस

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ स्थित सिमलटारमा रेडियो थाहा सञ्चारको आयोजना तथा बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहकार्यमा १९ औं धान दिवस मनाइएको छ । आज बुधबार बागमती प्रदेशकी कृषि राज्यमन्त्रीको प्रमुख आतिथ्यतामा दिवस मनाईएको हो ।

कार्यक्रमको सभाध्यक्ष्यता रेडियोको स्टेशन म्यानेजर गोकुल अधिकारी गरेका थिए । प्रमुख अतिथि गुरुङले धान रोपेर कार्यक्रमको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै कृषिमा आत्मनिर्भर बन्न प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको बताएकी छिन् । नेपाल कृषिमा आत्मनिर्भर बन्न सक्ने र सोही अनुसार सरकारले नीति तथा कार्यक्रम मार्फत कृषि क्षेत्रमा काम गर्ने बताएकी छिन् । उनले किसानहरुको मुल समस्या रसायिनक मल रहेकाले केहि वर्षमा नै प्रदेश सरकारले मल कारखाना सञ्चालन गर्ने भनी सम्भाव्यता अध्ययन सुरु गरेको बताइन् ।

No description available.

कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष दिपेश दाहालले कृषिमा आधुनिकिकरण र पशुपालनमा व्यवसायीकरण गर्न जोड दिए । उनले आफ्नो वडामा व्यवसायिक कृषि र पशुपालनमा स्थानीय सरकारले सहयोग गर्ने बताउदैं राष्ट्रिय धान दिवसको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बुङ्दल सामूदायिक वन समूहका अध्यक्ष चन्द्रप्रसाद दुलाल, वडा ५ का कृषि प्राविधिक दुर्गा खतिवडा, पशु प्राविधिक हरिप्रसाद सापकोटा स्थानीयबासीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम असारे गीत गाउदैं, धान रोप्दै र दहि चिउरा खाएर मनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर