Comments Add Comment

सानोपोखरा फुड बैंकबाट शनिबार ४० परिवारलाई खाद्यान्न वितरण

हेटौंडा–५ सानोपोखरामा सञ्चालित फुड बैंकको ११ औँ दिन सम्म ३९१ परिवारलाई खाद्यान्न वितरण गरिएको छ । शनिबार दिपक रानाभाट र दहनलाल चौधरीले ४० परिवारलाई खाद्यान्न वितरण गरेको क्लबका सल्लाहकार विशालराज महतले जानकारी दिएका छन् । खाद्यान्न वितरण कार्यक्रममा क्लबका कोषाध्यक्ष माधवलाल श्रेष्ठ, सचिव उत्तर दुलाल, क्लबका सक्रिय सदस्यहरु विष्णु पुडासैनी ,सुमन महत , सरोज मुक्तान क्लबका पदाधिकारी लगाएतको उपस्थिति रहेको थियो । त्यस्तै भोलि हेटौंडा –५ सानोपोखरा निबासी राहुल सुबेदि र निर्माण ब्यबसायी सागर कटुवाल मार्फत खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको महतले बताए । कार्यक्रममा ५ नम्बर वडा युवा क्लबले स्वंमसेवकको भुमिका निर्वाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर