Comments Add Comment

मकवानपुरका कोरोना संक्रमण मुक्त हुनेहरुले आइसोलेसनमा फलफुल तथा खाद्यान्न सहयोग

मकवानपुरमा कोरोना संक्रमण मुक्त भएकाहरुले हेटौँडा– ६ गौरीटारमा आइसोलेसन वार्डमा रहेका सक्रिय संक्रमितहरुको लागि फलफुल तथा खाद्यान्न सहयोग गरेका छन् । शनिबार आइसोलेसन पुगेर उनिहरुले सहयेग गरेका हुन । उनीहरुले फलफुल तथा खाद्यान्न र तरकारी सहयोग गरेका हुन् ।

संक्रमितहरुलाई पोसिलो खानेकुराको अभाव नहोस् र आफुहरुको सानो सहयोगले पनि संक्रमितलाई थप सहज होस भन्ने उदेश्यले सहयोग गरेको उनिहरु बताउछन् । सरकारले स्थापना गरेको आइसोलेसनमा आम नागरिकको तर्फबाट समेत सहयोग हुनुपर्ने भन्दै संक्रमितहरुकै तर्फबाट सहयोग गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर