Comments Add Comment

कुलमानलाई नेपाल विद्युत् प्राधिकरणमा आइतबार पुनः नियुक्ति गर्ने

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियुक्ति गर्ने तयारी भएको छ । आइतबार बस्ने मन्त्रिपरिषदको बैठकमा ऊर्जामन्त्री वर्षमान पुनको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई नियुक्ति गर्ने भएका हुन् । कुलमानको चार वर्षे कार्यकाल आइतबार सकिँदै छ। कुलमानलाई उनको कार्यकाल सकिने दिन नै थप कार्यकालको लागि नियुक्ति दिने तयारी भएको हो ।

यसअघि प्रधानमन्त्री ओलीले नै घिसिङलाई पुनः नियुक्ति गर्ने विषयमा आनाकानी गर्दा कुलमानलाई पुनः नियुक्ति गर्ने विषय अन्योल भएको थियो । शुक्रबार सत्तारूढ पार्टी नेकपाको स्थायी कमिटी बैठकपछि प्रधानमन्त्रीसँग कुलमानका बारे अन्तिम निर्णय गर्न ऊर्जामन्त्री पुन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उक्त छलफलमा प्रधानमन्त्री ओली कुलमानलाई नै दोहोर्‍याउन सकारात्मक भएको ऊर्जा मन्त्रालय स्रोतले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर