Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

अलङ्कार प्रतिष्ठानको कार्यक्रम अब यूट्यूबमा पनि- अनलाइनमा सातौं साहित्यिक श्रृंखला सम्पन्न

Company Register

अलङ्कार प्रतिष्ठान नेपालले आफ्नो नियमित साहित्यिक सन्ध्याको सातौं श्रृंखला शनिबार सम्पन्न गरेको छ । कवि एवम् गीतकार श्रवण मुकारुङ्को प्रमुख आतिथ्यता रहेको कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष भारती न्यौपाने दाहालको अध्यक्षतामा सम्पन्न भएको हो ।

Advertisement

नेपाली साहित्यको उत्थानमा क्रियाशील अलङ्कार प्रतिष्ठान नेपालले लकडाउनको विषम परिस्थितिलाइ मध्यनजर गर्दै आफ्नो कार्यक्रमलाइ अनलाइनमार्फत सञ्चालन गर्दै आएको छ । नेपाली भाषा र साहित्यको उन्नयनका लागि स्थापित अलङ्कार प्रतिष्ठानको सातौं श्रृंखलादेखिको कार्यक्रम अनलाइनपत्र यूट्यूब च्यानलमा पनि प्रत्यक्ष प्रशारण भएको छ । कार्यक्रमलाइ फेसबुक लाइभ मार्फत पनि हेर्न सकिने संस्थाकी अध्यक्ष भारती न्यौपाने दाहालले जानकारी दिनुभयो ।

करिव दुइ दर्जन बढी साहित्यकारहरुको उपस्थिती रहेको अनलाइन साहित्यिक कार्यक्रममा काब्य विधाका बिभिन्न उत्कृष्ठ रचनाहरु वाचन गरिएका थिए । देशप्रेम, राष्ट्रियता, श्रृङ्गारिक तथा जीवन भोगाइका बिभिन्न आयामहरु समेटिएका रचनाहरु कार्यक्रममा वाचन गरिएका थिए । प्रतिष्ठानकी सहसचिव सावित्रा पाण्डे काफ्लेले सञ्चालन गर्नुभएको कार्यक्रममा देश विदेशका ख्यातिप्राप्त साहित्यकारहरु बरिष्ठ साहित्यकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा साहित्यकारहरु सुनिल गौतम, दुर्गा लोहनी, भूपेन्द्र महत, सरस पाण्डे, दधिराम गेलाल, निर्झरिणी बनर्जी जोशी, भवानी पौडेल, अमृता भट्टराई, सुन्दरी खतिवडा , उषा आचार्य, विजया वस्नेत, अनिता पुन, लक्ष्मी थापा, सोझो गाउले, अजित खनाल, अर्जुन ढकाल, जमुना पौडेल, शेखर पाण्डे, रमी श्रेष्ठ, जीवन आचार्य, सविन लम्साल, गणेश गैह्रे लगायतको रचना वाचन सहित उपस्थिती रहेको सहसचिव सावित्रा पाण्डेले जानकारी दिनुभयो ।

प्रतिष्ठानका तर्फबाट कार्यक्रममा अमृता भट्टराईले उपस्थित अतिथिहरुलाइ स्वागत गर्नुभएको थियो भने सविन लम्साल ले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

भिडियो हेर्नुहोस्

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...